काठमाडौं। नेपालका ख्यातिप्राप्त अभिनेता राजेश हमाल यतिखेर भारतमा पनि चर्चाको विषय बनेको छ। भारतको लोकप्रिय सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणमा अभिनेता हमालको बारेमा प्रोफाइल प्रकाशित भएपछि हमाल भारतमा चर्चाको शिखरमा पुगेको हो।

आजतकले ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन’, २२ साल छोटी मोडल से की थी शादी’ शीर्षकमा हमालको चलचित्र यात्राको संघर्ष तथा सफलताबारे उल्लेख गरेको छ। साथै राजेश भारतमा समेत परिचित अभिनेता भएको पिन उल्लेख गरिएको छ।

हमाललाई भारतका महानायक अमिताभ बच्चन तथा बलिउड बादशाह शाहरुख खानसँग तुलना गर्दै आजतकले लेखेको छ, ‘राजेश एक यस्ता सुपरस्टार हुन्, जसलाई नेपालमा महानायकको उपमा दिइन्छ। ५५ वर्षको उमेरमा राजेशको चार्मिङ नेपालमा यस्तो छ कि, जस्तो भारतमा अमिताभ र शाहरुखको छ।’
प्रकाशन मिति–२०७६ साल साउन १७ गते शुक्रवार ।