काठमाडौं। नेपाल संवत अनुसारको नयाँ बर्ष ११४३ को पहिलो दिन शुभकामना अर्थात भिन्तुना आदान–प्रदानसंगै मण्डला टेलिभिजन शुभारम्भ भएको छ। बुधवार काठमाडौंको नयाँ बजार स्थित नखत्याँ छेँ व्हाइट हाउसमा आयोजित समारोह वीच मण्डला टेलिभिजन शुभारम्भ भएको घोषणा भएको हो।

काठमाडौं महानगरपालिकाकी गौरबशाली उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यतामा मण्डला टेलिभिजनको स्वीच अन गरेर शुभारम्भ भएको हो। नेपालभाषाको प्रचलित नेपाल लिपिको व्यापक प्रचार प्रसार तथा प्रचलित नेपाल लिपि लेख्न सिकाउने सिकाइको अनलाइन टेलिभिजनको रुपमा संचालयनमा ल्याएको जानकारी मण्डला टेलिभिजनका कार्यकारी निर्देशक आर्यम नकर्मीले वताएका छन्।

नेपालभाषाको प्रबद्र्धनलाई विशेष जोड दिएतापनि अन्य मनोरञ्जक सामाग्री टेलिभिजन फर्मेटमा नै हुने मण्डला टेलिभिजनका कार्यकारी अध्यक्ष सुरवहादुर श्रेष्ठले वताए। कार्यक्रममा मिस नेवाःका आयोजक हेमा मानन्धर, हास्य अभिनेता राजाराम पौडेल, बरिष्ठ अभिनेता मदनदास श्रेष्ठ लगायतले मण्डला टेलिभिजनको आवश्यकता र महत्वका विषयमा प्रकाश पारेका थिए।

प्रकाशन मिति–२०७९ साल कात्तिक ११ गते शुक्रवार ।