काठमाडौं। नेपालका ख्यातिप्राप्त हास्य अभिनेता महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख भूमिका रहेको नेपाली कथानक चलचित्र ‘महापुरुष’आज शुक्रवारबाट देशभर प्रर्दशनमा आएको छ।

बलियो स्टारकास्ट, ट्रेलरले दिलाएको हाइप, गतिलो प्रचार, प्रिमियरको प्रतिक्रियाका कारण महापुरुषले देशभरका मल्टीप्लेक्सहररूमा उच्च शो र सिंगल स्क्रिन पर्याप्त पाएको छ। रिपोर्टअनुसार, पहिलो दिन सवैतिर हाउसफुल भएको छ।

प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा एकल पिताको कथामाथि निर्माण भएको फिल्ममा रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय रहेको छ । महापुरुषको कथा निर्देशक प्रदीप भट्टराई आफैले लेखेका हुन् ।

षट्कोण आर्ट्सको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री हुन् । दीपक बज्राचार्यको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । कवि नवराज पराजुलीले गीतकारको रुपमा यसै चलचित्र मार्फत डेब्यू गरेका छन् । महापुरुषले समाजले कसरी मान्छेलाई महापुरूष बनाउँछ भन्ने स्थितिलाई ‘महापुरूष’ले व्यंग्य गरेको छ।

प्रकाशन मिति–२०७९ साल कात्तिक ११ गते शुक्रवार ।