Bhotekoshi land slideकाठमाडौ। अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका झिरपुमा पहिरो जाँदा पाँच घरमा क्षति पुगेको छ। पहिरोकै कारण अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे तातोपानी सडकखण्ड अवरुद्ध भएको छ।

शनिबार दिउँसो ४ बजेतिर झिरपुमा झरेको पहिरोले स्थानीय विशेष तामाङ, रोहित पौडेल, कुलबहादुर पौडेल, तीर्थबहादुर दमाई र श्यामबहादुर ठकुरीको घरमा क्षति पुगेको सिन्धुपाल्चोक प्रहरी कार्यालयले जनाएको छ।

पहिरोले कुनै मानवीय क्षति नभएपनि प्रतिघर पाँचदेखि २० लाखसम्म क्षति पुगेको अनुमान प्रहरीको रहेको छ। अविरल वर्षापछि भोटेकोशीमा बाढी आउँदा खाडीचौर बजारमा तामाकोशी जलविद्युत आयोजना निर्माणका निम्ति बनाइएको अस्थायी पुलमा समेत क्षति पुगेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख २३ गते शनिवार ।