काठमाडौं। मिस नेशनल २०२० का विजेता रेजिना मानन्धरको विशेष सम्मान भएको छ। शनिवार आयोजित कार्यक्रममा रेक्स फेसन होमले मिस नेशनल २०२० रेजिना मानन्धरलाई विशेष सम्मान गरेको हो।

आयोजक रेक्स फेसन होमका म्यानेजिङ डाइरेक्टर खगेश रञ्जितकारले विशेष सम्मान प्रदान गर्दै हिमाल तथा पहाड एक सिक्काको दुई पाटा भने झै मिस नेपाल र मिस नेशनल एकै खाले ईभेन्ट भएको खुलासा गर्दै ब्यक्तिलाई ब्याक्तित्व बनाई राष्ट्रमा एक थप जिम्मेवारी दिने कार्य मिस नेशनलवाट भएको जिकिर गरेका छन्।

आयोजक रेक्स फेसन होमले आयोजना गरेको मिस नेशनल २०२० को उपाधि चुम्न सफल रेजिना मानन्धर काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटमा १२ कक्षामा अध्ययनरत रहेकी छन्। पूर्व मिस ब्युटीफुल समेत रहेकी रेजिना मानन्धरले कार्यक्रममा ताज भनेको जिम्मेवारी भएको भन्दै त्यो जिम्मेवारी आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

कार्यक्रमको सभापतित्व रेक्स फेसन होमकी संरक्षक साधना रन्जितले गरेकी थिईन । त्यस्तै, साधना कला केन्द्रको अध्यक्ष तथा महाप्रवन्धक मिलन मोक्तान , वरिष्ठ गायक भिम तुलाधर, अन्तरास्ट्रिय कोरियोग्राफर रोजिन शाक्य , प्रख्यात गायक उदेश श्रेष्ठ , प्रख्यात गायिका बुनु राई मानन्धर , मिस ग्र्यान्ड इन्टरनेशनल उरुसा जोशी ,वरिष्ठ जिम्न्यास्टिक प्रशिक्षक बि आर मानन्धर, वरिष्ठ डिजाईनर सोनु श्रेष्ठ , मिडिया पर्सोनालिटी त्रिलोचन श्रेष्ठ, साधना कला केन्द्रकी एम डी आशा गौतम , सासा बेन्क्वेट संचालक दिपक डंगोल , कार्यक्रम संयोजक कृपा तण्डुकार लगायतको विशेष आतिथ्यता रहेको थियो।

ठमेल स्थित डेलिमा गार्डन् परिवारले मिस नेशनल रेजिना मानन्धरलाई बिभिन्न आभुषण, ताज, पुरस्कार, मायाको चिन्ह, नेपालको झण्डा साथै सामूहिक आशिर्वाद सहितको बधाई दिने कार्य भएको थियो ।


प्रकाशन मिति–२०७७ साल चैत्र १ गते आइतवार ।