काठमाडौं। नेपाली चलचित्र उद्योगकी पछिल्लो पुस्ताकी ख्यातिप्राप्त नायिका केकी अधिकारी नयाँ लुक्समा देखिएकी छन्। इन्टाग्राम स्टोरी मार्फत केकी अधिकारीले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्।

विसं.२०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा केकी अधिकारीले फिल्म निर्माण गरेकी छन्। हाल केकी अधिकारी चलचित्र ‘बोक्सीको घर’ को छायाङ्कनमा व्यस्त रहेकी छन्।

यस चलचित्रमा केकी अधिकारी प्रमुख रोलमा अभिनयरत रहेकी छन्। सोही प्रमुख क्यारेक्टरको लागि कपाल खौरिएको हुनसक्ने अनुमान गरिएको छ ।


प्रकाशन मिति–२०७७ साल चैत्र १ गते आइतवार ।