काठमाडौं। नृत्य निर्देशक संघ नेपालको आयोजनामा दुई दिने सैद्धान्तिक तथा प्रयोगात्मक नृत्य कार्यशाला हुने भएको छ। चैत्र ३ र ४ गते गरेर भक्तपुरको ठिमीस्थित ठिमी ब्याँक्विटमा सैद्धान्तिक तथा प्रयोगात्मक नृत्य कार्यशाला हुने भएको हो।

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानसंगको सहकार्यमा सैद्धान्तिक तथा प्रयोगात्मक नृत्य कार्यशाला हुने जानकारी आयोजक नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्।

केन्द्रीय अध्यक्ष श्रेष्ठका अनुसार, सैद्धान्तिक तथा प्रयोगात्मक नृत्य कार्यशालामा सोरठी लोकनृत्यको नाच, ताल तथा भेषभूषाको संवन्धमा विशेष कार्यशाला हुन गैरहेको छ। त्यसका लागि संवन्धित विधाका विज्ञहरुले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिने छ। कार्यशालामा देशभरवाट नृत्य निर्देशकहरुको विशेष सहभागिता रहने जनाइएको छ।


प्रकाशन मिति–२०७७ साल चैत्र २ गते सोमवार ।