काठमाडौ। नेपालभाषाका सुपरस्टार सुरेन्द्र तुलाधर प्रमुख रहेको सुखावती मल्टीप्रोडक्सनको आयोजनामा नेपालभाषाको मेलोडी क्वीन गायिका दीपा महर्जन नाइटको लगभग तयारी पूरा भएको छ।

नेपालभाषा तथा नेपाली गीत गायनमा बेजोड आवाजकी धनी गायिका दीपा महर्जनको लाइफकै पहिलो एकल गायन नाइट भएकोले यसको अझ महत्व बढे्को हो। साथमा नेपालका कमेडी किङ मदनकृष्ण श्रेष्ठको समेत गायन हुने भएवाट यस कार्यक्रम बेजोड नै हुने आयोजक सुखावती मल्टीप्रोडक्सनका प्रमुख सुरेन्द्र तुलाधरको दावी रहेको छ।

काठमाडौको दरवारमार्ग स्थित फाइभ स्टार होटल याक एण्ड यतिमा अपरान्ह ४ बजेवाट भव्य तथा सभ्य तरीकाले हुने पनि जानकारी तुलाधरले दिएका छन्। कार्यक्रम कलाकारहरुको स्वास्थ्य उपचारको फण्डराइज गर्न गरिन लागेको हो।

प्रकाशन मिति–२०७५ साल बैशाख २० गते विहीवार ।