काठमाडौ। अमेरिकामा कार भन्दा पनि स्कुटर अत्यन्त महंगो हुने गर्दछ। नेपालमा स्कुटर चढ्नेहरु अमेरिकामा चढ्न सक्दैनन्। बरु, कार चढ्ने हैसियत राख्छन्। नेपालमा स्कुटी चढेजस्तै त्यहाँ कार चढ्ने गर्दछन्।

अमेरिकामा पाँच लाख नेपाली रुपैया भएमा कार चढ्न सकिन्छ भने, स्कुटर किनेर चढ्नका लागि कम्तिमा नै १२ लाख नेपाली रुपैया चाहिन्छ। यसलेगर्दा अमेरिकामा स्कुटर प्राय शोपिसको रुपमा लिइने गरेको छ। स्कुटर भन्दा सवैले कार नै प्रयोग गर्ने गरेको पाइन्छ।

अमेरिकामा रहेका नेपालका ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठका अनुसार मोटरबाइक, स्कुटरलाई एन्टिक बस्तुका रुपमा लिइने गर्दछ। यसलेगर्दा यसलाई शोपिसको रुपमा नै बढी सजाइने गर्दछ। हुन त अमेरिकामा मोटरबाइक तथा स्कुटी शौखिनहरुले चढ्ने गर्दछन्। नेपालमा सामान्य सवारीको रुपमा लिइने गरेको स्कुटी अमेरिकामा शोखिनहरुको गुडिया जस्तो नै भएको छ।

यिनै गुडियारुपी शौखिनहरुको सवारी स्कुटीसंग अमेरिकाका प्रसिद्ध नेपाली मोडल रिमा केसीले गरेको मोडलिङको फोटोग्राफी पनि यतिखेर चर्चाको विषय बनेको छ। अमेरिकाको मेरिल्याण्डमा नेपालका प्रसिद्ध फोटोग्राफर राजीव श्रेष्ठले खिचेको यो फोटो हेर्दैजांदा अत्यन्त राम्रो तस्बीर बनेको छ। मोडल रिमा केसी र स्कुटी कुनै एन्टिक कुरा भन्दा कम देखिदैन।

रिमा पनि यो फोटो आफूलाई मन परेको फोटोमा पर्दछ भन्छिन्। फोटोग्राफर राजीव श्रेष्ठ पनि रहरले क्लिक गरेको फोटो अमेरिकामा त एन्टिक फोटो नै बन्न पुग्यो भनेर गर्ब गर्छन्। यस्तै गजबका फोटो खिच्ने कार्यमा फोटोग्राफर श्रेष्ठ अमेरिकामा व्यस्त रहेका छन्। मेरिल्याण्डमा राजीव श्रेष्ठले आफ्नो फोटो बैंक स्टुडियोलाई विस्तार गरिसकेका छन्। 

प्रकाशन मिति–२०७५ साल बैशाख १८ गते मंगलवार ।