काठमाडौ। तहल्का नाम यल्लो टाइगर बोकेर आएकी यल्लो टाइगर सुषमा सिंहको यल्लो टाइगर डान्स तालिम केन्द्रको शुभारम्भ भएको छ।

गुरुपूर्णिमाको अवसर पारेर डान्सका ज्ञात–अज्ञात गुरुहरुको पूजाआजा गरेर विधिवत रुपमा यल्लो टाइगर सुषमा सिंहले यल्लो टाइगर डान्स तालिम केन्द्रको शुभारम्भ गरेकी हुन्। काठमाडौको बालाजु बनस्थली एराहिटी स्थित अन्नपूर्णचोक डान्स तालिम केन्द्रको शुभारम्भ भएको हो।

यल्लो टाइगरमा सवैखाले डान्सको तालिम दिने व्यवस्था गरिएको यल्लो टाइगर सुषमा सिंहले भिजन संसार डटकमलाई बताएकी छन्। जापानमा केही बर्षको पढाईको क्रममा बसाई हुंदा यल्लो टाइगर नाम जुराएकी यल्लो टाइगर दर्जनौ फिल्म तथा सयौ गीतका भिडियोकी अभिनेत्री पनि हुन्।

तकडा डान्सर तथा डान्स–डाइरेक्टर समेत रहेकी यल्लो टाइगरलाई साइक्लिङ रुचिको विषय हो। जापानमा तीन बर्षको बसाईमा युनिभरसिटी आतेजाते गर्ने क्रममा साइक्लिङ नै गर्ने गरेकी यल्लो टाइगर साइकल चढ्न असाध्यै नै रुचि राख्छिन्। दाङ रहदादेखि नै साइकल चढ्ेर स्कुल तथा बजार जाने गरेकी यल्लो टाइगरको साइकल चलाउने हब्बी काठमाडौ आएपछि मात्र घटे्को हो।

मन चाहेर पनि दाङ तथा जापानमा जस्तो साइकल चलाउने साइकल रोड काठमाडौमा नभएको कारण काठमाडौमा खासै साइक्लिङ गर्न नपाएको उनको गुनासो रहेको छ। काठमाडौमा साइक्लिङ गर्दा धुलो–धुँवा तथा हिलोले हैरान पार्ने सामना कयन पल्ट गर्नुपरेको उनको तितो अनुभव छ।

जापानका सिटीमा जस्तो काठमाडौमा हराभरा सुन्दर भएमा साइक्लिङको काठमाडौमा धेरै संभावना भएको बताउने उनी शनिवार विदाको दिन काठमाडौमा साइक्लिङ गर्ने गरेको खुलासा गरेकी छन्।

प्रकाशन मिति–२०७५ साल साउन १२ गते शनिवार ।