काठमाडौ। विश्वविख्यात हट बलिउड अभिनेत्री प्रियंका चोपडाको अमेरिकी प्रेमी गायक निक जोनससित बिहेको ईन्गेजमेन्ट भएको छ। प्रियंका र निकबीच हालै लण्डनमा ईन्गेजमेन्ट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेको छ।

‘पिपुल’ वेबसाइटमा प्रकाशित खबरअनुसार प्रियंकाको जन्मदिन १८ जुलाईमा उनीहरुले ईंगेजमेन्ट गरेका हुन्। निकले अमेरिकाको न्यूयोर्कमा किनेको औंठी प्रियंकालाई लगाइदिएका थिए।

‘प्रेम सम्वन्धलाई नयाँ उचाई दिएर उनीहरु दुवै निकै खुशी र उत्साहित छन्,’ स्रोतको हवाला दिँदै पिपुलले लेखेको छ। यसैबीच निकसँग बिहेकै लागि प्रियंकाले ठूलो बलिउड प्रोजेक्टबाट हात झिकेकी छन्।

सलमान खानको आगामी चलचित्र ‘भारत’ बाट उनी बाहिरिएको फिल्मका निर्देशक अलि अब्बासले जाफरले पुष्टि गरेका छन्।


प्रकाशन मिति–२०७५ साल साउन १३ गते आइतवार ।