काठमाडौ। यादमा जलेको मनले लेखेको त्यो बेजोड गीतको भिडियो रिलिज भएको छ। गीतकार तथा समाजसेवी अनि हंगकंग नेवार समाजकी अध्यक्ष रचना प्रधानको यादमा जलेको मनले लेखेको बेजोड गीतको भिडियो रिलिज भएको हो।

गीतकार प्रधान नेपाल रहेको बेला विश्व विख्यात हार्मोनियम नेपाली उस्ताद नागेन्द्र श्रेष्ठको यादमा लेखेको मन छुने गीत नै हो–तिमी बिना बोलको गीत। यो गीतमा गायिका प्रबिशा अधिकारीको मन छुने स्वर रहेको छ। संगीत उस्ताद नागेन्द्र श्रेष्ठकै रहेको छ।

प्रेम र बिछोडको कथामा तयार पारेको गीतको भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन्। बिकास लामिछाने र संज्ञा श्रेष्ठको अभिनय रहेको छ। यस भिडियोलाई  उत्सब दाहालले खिचेका हुन्। भिडियोमा सबिना गुरुङको मेकअप र प्रविन श्रेष्ठको सम्पादन रहेको छ।

प्रकाशन मिति–२०७५ साल साउन १३ गते आइतवार ।