काठमाडौ। छोटो समयमा नै चर्चाको शिखरमा पुगेकी यल्लो टाइगरले कमाल नै गर्न थालेकी छन्। काठमाडौंको बालाजु बनस्थली स्थित एराहिटी अन्नपूर्ण चोकमा यल्लो टाइगर नामवाटै नृत्य तथा एरोविक्स तथा जुम्बा तालिमको कक्षा शुभारम्भ गरेकी यल्लो टाइगरले यल्लो टाइगरलाई साहस र स्वस्थताको प्रतिक नै बनाउने जोशमा कम्मर कसेर लागेकी छन्।

आफैले नृत्य तथा एरोविक्स र जुम्बा सिकाउने तथा अभिनयको तालिम दिने कार्य समेत यल्लो टाइगरले गर्न थालेकी छन्। निकट भविष्यमा अत्यन्त राम्रो चलचित्र निर्माण गर्ने योजना सहित यो क्षेत्रमा हाम फालेकी यल्लो टाइगरको यल्लो टाइगरमा बच्चा देखि बृद्धासम्म सवैको आकर्षण रहेको छ।

मोटो न मोटो ज्यानलाई नृत्य तथा एरोविक्स र जुम्बाको माध्यमवाट स्लिम बनाउने तथा स्लिमलाई स्वस्थ अनि तन्दुरुस्त बनाउने क्रान्तिकारी योजना मुताविक यल्लो टाइगरले कार्य थालनी गरेको पाइएको छ।

यल्लो टाइगरमा नृत्य तथा एरोविक्स र जुम्बा सिक्ने सवैलाई यल्लो टाइगरको टि–सर्ट दिने गरेको छ। यल्लो टाइगरको टि–सर्ट लाएर नृत्य तथा एरोविक्स र जुम्बा गर्दा सवैलाई मनमा आनन्द तथा स्फुर्ति आउने गरेको त्यहाँ सिक्न आउने सवैले भनेका छन्।


प्रकाशन मिति–२०७५ साल भदौ ६ गते बुधवार ।