काठमाडौं। विश्व विख्यात नेपाली सांगीतिक व्याण्ड नेपथ्यले तेस्रोपटक बेलायतमा प्रस्तुति दिने भएको छ।

पाँच वर्षअघि लण्डनको विम्बले एरेना, तीन वर्षअघि लण्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुति दिएको नेपथ्यले यसपटक पनि यही सेप्टेम्बर १ मा ओ टु एकेडेमीमै प्रस्तुति दिन लागेको नेपथ्यले जनाएको छ।

नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङले बेलायतको मञ्चमा उभिँदा आफूलाईजहिले पनि त्यहाँको आत्मीयताले प्रभाव पारिरहेको हुने गरेको भनेका छन्।

लण्डनमा अमृतलाई उनका साथीहरु ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।


प्रकाशन मिति–२०७५ साल भदौ ५ गते मंगलवार ।