काठमाडौं। युग थर्काउने गीत गाउंदै आएका नेपाली गीत–संगीतका अग्रज युगिन गायक तथा संगीतकार सूर्य थुलुङले नयाँ आयाम थपेका छन्। नेपाली गीति आयाममा बेग्लै आयामका रुपमा नेपाली कराँते खेलको राष्ट्रिय भावनाले ओतप्रोत गीत तयार पार्ने कार्य संगीतकार थुलुङवाट भएको हो।
नेपालको राष्ट्रगानका रचयिता व्याकुल माइलाको शव्द तथा सूर्य थुलुङको संगीतमा आयामिक कला हो कराँते वोलको गीत एक से एक गायक–गायिकाको गायनमा रेकर्ड भएको छ। राजकुमार श्रेष्ठको संगीत संयोजनमा तयार भएको नेपाली कराँते राष्ट्रगानवाट नयाँ आयाम नै थपिएको यस गीतमा आवाज दिने नेपाली लेजेन्ड गायक प्रेमध्वज प्रधानको भनाई रहेको छ।
गोल्डेन भ्वाइस अफ नेपालको उपनामवाट समेत सुपरिचत गायक प्रधानले यसप्रकारको गीत २० बर्षपछि मात्र रेकर्ड भएको बताएका छन्। लिजेन्ड गायक प्रेमध्वज प्रधान देखि तारा थापा, संगीता शाक्य, आनी छोइङ, संगीता राना, प्रवेशमान शाक्य लगायत दर्जनौ गायक–गायिकाले एकसाथ आवाज दिएको यो अनुपम गीत नै बनेको जानकारी युगिन गायक तथा संगीतकार थुलुङले भिजन संसार डटकमलाई दिएका छन्।
थुलुङका अनुसार, यो अनुपम गीत चाँडै नै रिलिज हुने भएको छ। कराँते खेलका खेलाडी देखि सवैका लागि पनि उत्प्रेरणाको विषय बन्ने दावी पनि थुलुङको रहेको छ।

प्रकाशन मिति–२०७६ साल बैशाख ९ गते सोमवार ।