काठमाडौ। नेपालमा व्युटीसियन पेशालाई अंगाल्ने तयारीमा रहेका प्रशिक्षार्थी व्युटीसियनहरुवीच भएको प्रतिस्र्पाधात्मक अवार्ड कार्यक्रम यो बर्षको व्युटीसियन डिभा २०१७ संपन्न भएको छ। शुक्रबार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित व्युटीसियन डिभा २०१७ को ताज प्रतिस्पर्धी रञ्जिता केसीले पहिरेकी छन्।

Beutician Diva 2

डिभिसा बस्याल फस्ट रनरअप र सुषमा प्रधान सेकेण्ड रनरअप बनेका छन्। विजेतालाई आयोजक रेडिएन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले ताज सहित विभिन्न उपहार तथा छात्रवृति प्रदान गरेकी थिइन्। आयोजक संस्थाका अध्यक्ष तथा प्रसिद्ध मोडल एवम् कोरियोग्राफर राज फैजुको संयोजन तथा कोरियोग्राफीमा भएको उक्त व्युटीसियन डिभा २०१७ को चौथो संस्करण संपन्न भएको हो।

Beutician Diva 1अन्य विधामा मेघना भैल व्यूटीपूmल कम्पेक्सन,डिभिसा बस्याल व्यूटीपूmल स्माइल, डिभिसा बस्याल वेष्ट ड्रेस, क्रिटिका गिरी इनरजेटिक, सुष्मा प्रधान भ्युवर च्वाइस, सवि बिष्टले फ्रेन्डसिप, सुक्रिना महर्जन व्यूटीपूmल हेयर, अनुशा गिरीे पर्र्सनालिटी, हिना शाक्यले बेस्ट वाक, रोशनी बज्राचार्य फोटोजेनीक, सृजना महर्जन डिसिप्लेन, देवी महर्जन वेष्ट ट्यालेन्ट, रन्जिता के.सी.ले मोस्ट कन्फिडेन्ट र सुनमाया तामाङले पङ्गच्यूयालिटी अर्वाड जितेका छन्।

अवार्ड कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बरिष्ठ व्युटीसियन प्रा.डा. राज्यश्री श्रेष्ठको आतिथ्यता रहेको थियो। प्रतियोगिताको निर्णायकहरुमा अंजली लिगल प्रधानाङ्ग (आलोह हिमालय इन्भेस्टमेंट (हिमालय वाइन) निदेशक र डिपुटी म्यानेजर (सीडीसी सिनेमाहल),सरिता ज्ञवाली (कोरोना स्कूलका प्रमुख निदेशक),सुषिता जोशी (ग्यालियो नेपाल प्रा.लिमिटेड, डीजीएम), रेनुका खड्का (सीडीसी सिनेमाहलका सिनियर सेल्स अफिसर) र सरिता खड्का (निदेशक हब इन्टरनेश्नल एजुकेशन) रहेका थिए।
प्रकाशन मिति–२०७४ साल भाद्र २४ गते शनिवार ।