काठमाडौ। नेपालका चर्चित फोटोग्राफर तथा सामाजिक अभियन्ता च्याङ्बा लामा यो बर्ष दोश्रो पल्ट सम्मानित बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा संपन्न नेपालका चर्चित हाँस्य कलाकार राजा राजेन्द्रको ऐतिहासिक एकल साँझमा आयोजित भव्य कार्यक्रममा च्याङ्बा लामा सम्मानित बनेको हो।

लामालाई लोकप्रिय हाँस्य–कलाकार धुर्मुस तथा सुन्तलीले सम्मानित गरेका हुन्। लामाको नेपाली फोटोग्राफी तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिएवापत सम्मान गरिएको आयोजक समितिका महासचिव लोकदोहरी गायक अमृत खाँतीले बताएका छन्।

यसअघि फोटोग्राफर लामा यो बर्ष नेपालको सामाजिक क्षेत्रमा अग्रणी संस्था संकल्प विकास केन्द्र नेपालको विशिष्ट सम्मान संकल्प विशेष सम्मान २०७४ वाट सम्मानित बनिसकेका छन्।

राजा राजेन्द्र एकल सांझमा लामाको साथमा चर्चित लोकदोहरी गायिका उमा श्रेष्ठ तथा शोभा त्रिपाठी पनि सम्मानित बनेका छन्।

प्रकाशन मिति–२०७४ साल चैत्र २७ गते मंगलवार ।