काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारतको राजकीय भ्रमणमा पहिलो पल्ट नेपाली चलचित्र क्षेत्रवाट सहभागिता जनाएका नायक राजेश हमाल र चलचित्र निर्देशक दिनेश डिसीले भ्रमण अत्यन्त सफल भएको बताएका छन्।

दुवैले प्रधानमन्त्री ओलीको खुलेर प्रशंशा गरेका छन्। तर, भ्रमण अवधिभर नायक राजेश हमाल केवल शो–पिस बाहेक अरु बन्न सकेन। प्रधानमन्त्री ओलीले काठमाडौमा नेपाली चलचित्रका कलाकारको बलिउडका कलाकारसंग अन्तरक्रिया हुने भनिएतापनि अत्यन्त छोटो अवधिको भ्रमणमा उक्त कार्य हुन सकेन।

नेपालमा राजाको प्रत्यक्ष शासन कालमा नायक राजेश हमालको पिता राजदूत रहेका थिए। पाकिस्तानको राजदूत भएकै समयमा नायक हमालको पिताको पाकिस्तानमा नै निधन भएको थियो। नेपाली चलचित्रवाट लगभग रिटायर्ड जस्तो बनिसकेका नायक हमाल यतिखेर पिताको विरासत राजदूत बन्ने सोचमा रहेका छन्।

स्थानीय निर्वाचन देखि केपी शर्मा ओलीसंग नजिकको संवन्ध गांस्दै आएका हमाल यतिखेर ओलीले कुनैपनि देशको राजदूत बन्न अफर आएमा सहर्ष स्वीकार गर्ने बताउंदै आएका छन्। राजदूत बन्ने क्षमता नायक हमालमा रहेको छ। अंग्रेजी भाषामा डिग्री होल्डर नायक हमाल कुतनीतिक चातुरकारितामा पनि दख्खल राख्ने गर्दछन्।
प्रकाशन मिति–२०७४ साल चैत्र २७ गते मंगलवार ।