काठमाडौं। विछट्टै रमाइलो गर्नुपर्ने अनि अत्यन्त रमाइला गायक कृष्ण महर्जनको कलाकारिता नै गजबको रहेको छ। गीत–संगीतमा आफू पनि रमाउने र अरुलाई पनि अत्यन्त मनोरञ्जन दिने कला गायक महर्जनमा रहेको हो।

नामै कृष्ण भएको कारण भगवान श्रीकृष्णले जस्तै चमत्कार गर्दैआएका छन्। गायन कलाकारितावाट सवैलाई मक्खै पार्ने महर्जनमा बेग्लै कला रहेको छ। त्यो कलाले गर्दा महर्जनसंग एकपल्ट बोल्नेहरु पनि घण्टौ रमाएर बस्न मन पराउने हुन्छ। यही कलाकारिताको माहिर गायक महर्जनले नेपालभाषामा मात्र दर्जनौ दर्जन गीत गाइसकेका छन्।

ती गीत मध्ये डेढ दर्जनको म्युजिक भिडियो तयार भैसकेको छ। कयन गीतले विभिन्न अवार्ड कार्यक्रमहरुमा अवार्ड पनि जितिसकेका छन्। महर्जनसंग युगल गीत गाउने गायिकाहरुमा सरस्वती मानन्धर देखि सरिता शाही, रोजी डंगोल श्रेष्ठसम्म रहेका छन्। सवैजना महर्जनको गायकीपनाले प्रभावित बनेका छन्।

महर्जनका अधिकांश गीतका भिडियो बनाउने ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशी पनि महर्जन अत्यन्त राम्राो गायनकला बोकेको प्रतिभावान गायक भएको ठोकुवा गर्न पछि पर्दैनन्। गायनको अलावा राम्रो कमेडीयन समेत रहेका महर्जन पेशाले इलेक्ट्रिीसियन हुन्।

प्रकाशन मिति–२०७५ साल कात्तिक २२ गते विहीवार ।