काठमाडौं। १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता संपन्न भएको छ। काठमाडौंमा युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को संपन्न भएको हो। युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ का उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् ।

फोटो व्यवसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तराष्ट्रियमाझ पुर्याउने उद्देश्यले प्रतियोगीत आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेको भनाई छ। प्रतियोगीतमा ३८ जिल्लाका ३ सय ६६ जना फाटोग्राफरहरुले पठाएका ५ सय १३ वटा फोटोहरु वीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताको संयोजकको रुपमा सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाकोका वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहेका थिए।

कार्यक्रममा माउन्टेन फोटोग्राफीका बादशाह जगदिश तिवारीले यस किसिमका प्रतियोगीताबाट नेपाली फोटोग्राफरहरुको व्यावसायीकतलाई महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए । अघिल्लो वर्ष फोटोपसलले कोभिड १९ फोटो प्रतियोगीता जनचेतनामुलक र फ्रन्ट लाईनमा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, र पत्रकारहरुको सम्मानमा संचालन गरेको थियो ।

फोटो पसलले यो पटक फोटो व्यावसायी र फोटोग्राफरहरुलाई विश्व फोटो दिवसको महत्व र फोटोग्राफरकार सम्मान र फोटोको मूल्याङकन गर्दै क्षमता विकास गराउने र यस प्रतियोगितामा सहभागिहरुलाई निशुल्क तालिमको व्यवस्था गरेको छ । प्रतियोगिताको संचालन कार्यक्रम प्रस्तोता राजाराम गौतमले गरेका थिए।
प्रकाशन मिति–२०७८ साल भाद्र ३ गते विहीवार ।