DB Thapaकाठमाडौ। नेपालमा व्यावसायिक फोटोग्राफीको शुरुवातकर्ताको रुपमा लिएका काठमाडौको न्यूरोड स्थित फोटो कन्सर्नका मालिक तथा प्रसिद्ध चलचित्र निर्माता डीबी थापाको निधन भएको छ।

सोमवार विहान ११ बजेतिर उपचारको क्रममा काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा थापाको निधन भएको हो। ८३ बर्षिय थापा नेपाल चलचित्र विकास कंपनीको पूर्वअध्यक्ष समेत हुन।

नेपाली चलचित्र मायाप्रीति तथा जीवन–ज्योतिका निर्माता समेत रहेका उनी कुनैबेला नेपाली तथा हिन्दी फिल्मका वितरक समेत थिए। दिवंगत थापाको सोमवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ ६ गते सोमवार ।