काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षणवाट ६३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिवारको प्रेस व्रिफिङमा वताएका छन्।

योसहित नेपालमा संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले उल्लेख गरेका छन्। २४ घण्टामा जम्मा १ सय २४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले वताएका छन्।

प्रकाशन मिति–२०७७ साल भाद्र ६ गते शनिवार ।