ललितपुर । बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको संसार क्रियसनले बृहत रुपमा गरिन लागेको पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ को टप–टेन सार्वजनिक गरिने भएको छ।

यही आउने मंसीर १३ गते शुक्रवार ललितपुरको बेखाज् पार्टी भेन्यु बागडोलमा भव्य समारोह वीच पहिलो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०१९ को टप–टेन सार्वजनिक हुने भएको हो। उक्त दिन टप–टेनमा पर्ने सफल कलाकर्मी तथा प्राविधिकहरुलाई मेडल तथा प्रमाण–पत्र प्रदान गरिने आयोजक स्वतन्त्र संसार महर्जनले भिजन संसार डटकमलाई दिएका छन्।

आयोजक महर्जनका अनुसार, अवार्डमा नेपालभाषाका ५७ वटा म्यूजिक भिडियो प्रतिस्पर्धाको निम्ति दर्ता हुन आएकोमा १० वटा म्युजिक भिडियो टप –टेनका लागी छानिने छन्। टप–टेनमा परेका म्यूजिक भिडियो तथा कलाकर्मी तथा प्राविधिकहरुको भोटिङ्ग कोड पनि सोही दिन सार्वजनिक गरिने भएको छ।

नेपालभाषा संगीत तथा चलचित्रका विविध विधामा अवार्ड दिइने नेपाल भाषा स्टार म्यूजिक भिडियो अवार्डस् नेपालभाषा म्युजिक भिडियो तथा संगीत क्षेत्रका उदाहरणीय अत्यन्त गर्बिलो कार्य हुने निश्चित छ। यो नेपालभाषाको सबैभन्दा बढी बिधामा पुरस्कार दिइने अवार्ड पनि हो।
प्रकाशन मिति–२०७६ साल मंसीर ९ गते सोमवार ।