काठमाडौ। नेपाली चलचित्र उद्योगको कुनैबेलाका हस्ती नै मानिएका चलचित्र निर्माता तथा हल व्यवसायी ध्रुबरत्न शाक्यको ७५ बर्षको उमेरमा निधन भएको छ। विहीवार निर्माता शाक्य स्वयम्भुस्थित घरमा आराममा रहेको बेलामा निधन भएको हो।

नेपाल र पाकिस्तानको ज्वाइन्ट भेन्चर फिल्म निर्माण गर्ने लहरको बेलामा साहस,संवन्ध लगायतका आधा दर्जन फिल्म बनाएका निर्माता शाक्यले केही भिडियो फिल्म पनि निर्माण गरेका थिए। कुनैबेलाका भिडियो चलचित्र संघका संस्थापक मध्येका एक रहेका निर्माता शाक्यकै पहलमा काठमाडौको बालाजु स्थित गंगा हलको स्थापना भएको हो।

सामाजिक अभियन्ता समेत रहेका निर्माता शाक्य कला र कलाकारितालाई अत्यन्त माया गर्ने तथा ठूलो संघर्षले बनेका व्यक्तित्व पनि हुन्। धेरैलाई कलाकार बनाउन अत्यन्त सहयोगी भूमिका निर्वाह गर्ने शाक्य केही बर्षदेखि नेपाली चलचित्र उद्योगवाट टाढा रहेतापनि सदा नेपाली चलचित्रको उत्थान तथा विकास र विस्तारका लागि सदा चिन्तनशील रहदै आएका थिए।
प्रकाशन मिति–२०७४ साल माघ ४ गते विहीवार ।