ललितपुर । नेपाली तथा नेपालभाषा चलचित्रका चर्चित नायिका आशिष्मा नकर्मी पनि हिजोआज चलचित्रको अलावा विभिन्न प्रडक्टका विज्ञापनहरुमा व्यस्त हुन थालेकी
छन्।

नेपालभाषा चलचित्रका त नंबरी नायिका नै बनिसकेकी नकर्मीले पछिल्लो पल्ट गोल्डेन डायमण्ड एण्ड ज्वेलरीको विज्ञापनमा मोडलिङ गरेकी छन्। सुन र डायमण्डको मानिसको जीवनमा महत्वलाई दर्शाउन र त्यसको आवश्यकतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने उदेश्यनुरुप यस विज्ञापनमा मोडलिङ गर्ने कार्य भएको हो।

यस विज्ञापनका निर्देशन मल्टीट्यालेन्ट संचारकर्मी शैलेश डंगोलले गरेका हुन्। टेलिभिजनकर्मीको रुपमा अग्रपंक्तीमा रहेका निर्देशक डंगोलको छायांकन तथा निर्देशनमा ललितपुरको मंगलबजार हःखा स्थित गोल्डेन डायमण्ड एण्ड ज्वेलरी सपको प्रमोसनल विज्ञापन तयार भएको हो।

विज्ञापन अत्यन्त चित्ताकर्षक बनेको र यस विज्ञापनले सुन र डायमण्डको आवश्यकता तथा महत्वलाई व्यापक रुपमा दर्शाएको छ।

प्रकाशन मिति–२०७५ साल फागुन २३ गते विहीवार ।