लण्डन। स्कटल्याण्डमा छायाँकन भैरहेको नेपाली कथानक चलचित्र कैदीको–पत्रको छायाँकन टीम त्यहाँवाट फर्केको छ। स्कटल्याण्डको छायाँकन संपन्न गरेर लण्डन फर्केको हो।

ख्यातिप्राप्त कथाकार स्वर्गिय ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्र बेलायतमा निर्माण भैरहेको कृतिमा आधारित चलचित्र हो। जसको गत जुलाई २६ देखि छायाँकन शुभारम्भ भएको हो।

सनम कुमार बैरागको पटकथा, सम्बाद र निर्देशनमा स्कटल्याण्डको क्रीफ, आबरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोमा छायाँकन भएको हो। निर्देशक सनम कुमार बैरागका अनुसार चलचित्र कैदीको–पत्रको केही प्रतिशत छायाँकन लण्डन तथा नेपालमा पनि हुने भएको छ।

निर्देशक बैरागका अनुसार, चलचित्र कैदीको–पत्र नेपालबाट अध्ययनको क्रममा बेलायत आएका एक युवकको कथा हो। जसको स्कटिस् युवतीसंगको प्रेम हुन्छ। त्यस युवकले खुशीलाई सम्हाल्न सक्दैन र त्यसबाट निम्त्यायका दुःखले युबकलाई कुन हदसम्म पुर्याउछ भन्ने कुरा चलचित्र कैदीको–पत्रले बोकेको छ।

१।कथाः ईश्वर मानन्धर
२।गीत,पटकथा–सम्बाद तथा निर्देशनः सनम कुमार बैराग
३।मुख्य सहायक निर्देशकः रामशरण कोईराला
४।सहायक निर्देशकः सुस्मिता थापा
५।डि ओ पिः रामेश्वर कार्की
६।नृत्यः कविराज गहतराज
७।संगीतः सुरेश सेन्चुरी, बिनम्र कर्माचार्य
८।म्यूजिक एरेन्जरः गोपाल रसाईली, बिशेष पाण्डे
९।द्वन्दः सम्राट बस्नेत
१०।ड्रेसः आलिया गीरी
११।मेकअपः बिजेता श्रेष्ठ
१२।सम्पादनः अर्जुन जि सी
१३।व्यानरः भिजन संसार प्रा।लि।
१४।निर्माताः कलिना–रुबिन श्रेष्ठ, हिराल आमिन जोशी, दील घले ।
१५।कलाकारः म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा आदि।

प्रकाशन मिति–२०७६ साल भदौं १९ गते विहीवार ।