Iku Suleman Shankar with his Childs.
Iku Suleman Shankar with his Childs.

काठमाडौ। नेपाली चलचित्रका जंगली मान्छेको रुपमा चिनिएका हाँस्य अभिनेता इकुको बास्तविक नाम सुलेमान शंकर हो। यिनै इकु सुलेमान शंकर पहिलो चलचित्र इकु द जंगलम्यानवाट मालामाल बने। सोही चलचित्रको मालामालीवाट हौसिएर इकु ब्याँक अगेन बनाएपछि भने कंगालै बन्न पुगे।

Iku ka santan 2यसले गर्दा पनि यतिखेर कुनैपनि चलचित्र निर्माणमा नदेखिएका नेपाली बालबालिकाका अत्यन्त प्रिय कलाकार इकु बालबालिकाकै स्याहार–सुसारमा व्यस्त बनेको पाइयो। काठमाडौको जोरपाटीवाट साँखु जाने वीच बाटोमा पर्ने मूलपानी भन्ने स्थानमा स्नेह आश्रम खोलेर बालबालिकासँगै रमाएर इकु बसेको पाइएको छ।

Iku ka santan 4गत बर्ष २०७२ साल बैशाख १२ गते नेपालमा आएको महाभूकम्पवाट पीडित बालबालिकालाई आश्रय दिने सोचवाट नै उक्त आश्रम स्थापना गरेको इकु सुलेमान शंकरले भिजन संसारलाई भनेका छन्। हाल इकुको स्नेह आश्रममा भूकम्पवाट बाबुआमा गुमाएका आठजना बालबालिकाले आश्रय पाइरहेका छन्।

Iku ka santan 5ती बालबालिकाका बाबु तथा आमा दुवैको भूमिका निर्वाह गर्ने कार्य इकुवाट भैरहेको छ। ती असहाय बालबालिकालाई आश्रय दिएर उनीहरुको उज्ज्वलमय भविष्य बनाइदिने सोचमा अग्रसर इकुका अधिकाँश दिन स्नेह आश्रममा नै वितिरहेको छ। बालबालिकाको स्याहार–सुसार देखि उनीहरुलाई चाहिने आधारभुत आवश्यकताका सामाग्री लगायत शिक्षादिक्षाका लागि इकु कटिबद्ध भएर लागिपरेका छन्।

Iku ka santan 3देश तथा विदेशमा गरेका विभिन्न कार्यक्रमवाट उठेका रकम र आश्रममा आएर दाताहरुले दिने चन्दा–सहयोगवाट आफूले आश्रम चलाइरहेको खुलासा इकुले गरेका छन्। अविवाहित इकु ती आठ बालबालिकालाई आफ्नै सन्तान संझन्छन्। उनीहरुको भविष्य निर्माणको लागि नै हाल उनी क्रियाशील बनिरहेका छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र १४ गते सोमवार ।