Mrs. Chitwan Mrs. Sushma Thapa
Mrs. Chitwan Mrs. Sushma Thapa

चितवन । चितवनमा पहिलो पल्ट मिसेस चितवन कन्टेष्ट संपन्न भएको छ। यस कन्टेष्टमा चितवन नारायणगढकी २९ वर्षीय सुष्मा थापाले पहिलो ‘मिसेस चितवन बन्न सफलता प्राप्त गरेकी छन्।

सोमवार राति चितवनस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १९ प्रतियोगिलाई उछिन्दै थापा पहिलो मिसेस चितवन बनेकी हुन्।

एक सन्तानकी आमा थापाले ‘योर च्याइस’ अवार्ड र पर्सनालिटी अवार्डसमेत जितेकी छन्। मिसेस चितवनको अवार्डसँगै नगद ५० हजार पनि थापाले प्राप्त गरेकी छन्। प्रतिस्पर्धामा फस्ट रनरअप रेनु तामाङ र सेकेन्ड रनरअपमा आना ढकाल बनेका छन्। उनीहरुले पनि क्रमश नगद ३० हजार र २० हजार प्राप्त गरे।

प्रतिस्पर्धामा २५ देखि ४० वर्ष उमेर समूहका १९ जना विवाहिता महिलाहरुको सहभागिता जनाएका थिए। चितवनका दुई महिला अगुवा मीना झा र दुर्गा घिमिरेको प्रयासमा पहिलो मिसेस चितवन २०१७ प्रतियोगिता भएको हो ।
प्रकाशन मिति–२०७३ साल चैत्र १५ गते मंगलवार ।