काठमाडौं। नायिका स्वेता खड्का सिन्धुपाल्चोकको माझी बस्ती निर्माणका क्रममा जति चर्चाको शिखरमा पुगेकी थिइन्। निर्माण सम्पन्नको अन्तिम चरणमा पुग्दा माझी बस्तीको विषयमा विवादमा तानिएकी छन्।

माझी बस्तीमा रहेका केही माझीहरुले आफूहरुलाई स्वेताले बस्ती निर्माणको नाममा अनाहकमा ऋण वोकाएको लगायतका विभिन्न आरोप सञ्चार माध्यममा आएपछि त्यसको स्पस्टीकरण नायिका खड्कावाट आएको छ। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट्स लेखेर नायिका खड्काले आफूलाई विवादमा ल्याएको विषयमा मज्जाले स्पस्टीकरण दिने कार्य भएको हो।

शुक्रबार लामो फेसबुक स्टाटस लेख्दै स्वेताले सिन्धुपाल्चोकको चौताारा साँगाचोकगढी नगरपालिका–१२ मा बनेको माझी बस्ती निर्माणका क्रममा आफूले एक रुपैयाँ पनि रकम हिनामिना नगरेको बताएकी छन्। स्वेताले श्वेताश्री फाउन्डेसनमार्फत आएको पैसाले विलासी जीवन नबिताएको स्पस्ट पार्दै उठाएको पैसा गलत प्रयोग भएको प्रमाणित भए जुत्ताको माला सहित कालो मोसो दलेर माझीबस्ती परिक्रमा गर्न तयार रहेको बताएकी छन्।

दाताहरुसँग सहयोग माग्दा पनि आफूले कहिल्यै पनि आफ्नो खातामा पैसा राख्न जबरजस्ती नगेरको स्मरण गर्दै स्वेताले सधैँ उपभोक्त समितिको खातामा सिधै सहयोगको अपिल गरेको बताएकी छन्। स्वेताले खाताको कारोबार केलाएर हेर्न पनि आग्रह गर्दै उपभोक्ता समितिको खातामा करोडौं रकमको कारोबार भएको खुलासा गरेकी छन्।

Shweta Khadka in her own office.

अहिले बनेको घर स्थानीयवासीकै रोजाइको डिजाइनमा बनेको बताउँदै स्वेताले माझी बस्ती सार्वजनिक निजी साझेदारी परियोजना भएको बताएकी छन्। एनजीओहरुले नै सबै काम गरिदिनुपर्छ भन्ने सोचलाई चिर्नका लागि आफूहरुले जनताको सहभागिता र लगानीलाई आत्मसाथ गरेको उनको तर्क छ । उनले बस्ती निर्माणपछि त्यहाँको अचल सम्पत्तिको मूल्याङ्कन बढेको भनेकी छन् ।

स्वेताले जिम्मेवारीबाट विमुख नहुने स्पस्ट पारेकी छन्। आफ्नो श्वास चलुञ्जेलसम्म माझी बस्ती आफ्नो मनमस्तिस्कबाट नहट्ने उनको भनाइ छ । उनले आफ्नो मृत्युपछि आफ्नो शवको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाउँदै अन्येष्टि त्यहिँ गर्न पनि आग्रह आग्रह गरेकी छन् ।

प्रकाशन मिति–२०७७ साल माघ ३० गते शुक्रवार ।