ललितपुर। एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रालिको आयोजनामा हिरो नेपाल हुने भएको छ। हिरो नेपाल भनेपछि कुनैपनि फिल्म खेल्ने हिरो होइन। आफूभित्रको लुकिरहेको प्रतिभा देखाएर सवैलाई चकित बनाउने प्रतिभावन नै हिरो नेपाल हो। हिरो नेपालमा प्रतिभावान राष्ट्रकै हिरो बन्न र बनाउन यो लकडाउनमा अवसर पनि हो।

लकडाउन अवधिभर हिरो नेपाल बन्न आवश्यक प्रतिभाको प्राक्टिस गर्दै गर्न आयोजक एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रालिकी कार्यकारी निर्देशक उमा श्रेष्ठले आव्हान गरेकी छन्। कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन सरकारले गरेको लकडाउनमा भरमग्दूर प्रतिभा प्राक्टिस गरेर उपयोग गर्न पनि कार्यकारी निर्देशक श्रेष्ठले भनेकी छन्।

लकडाउन सकेको केही दिनपश्चात नै हिरो नेपालको कार्यहरु तयारी हुने भएकोले यसमा भाग लिन चाहनेहरुले आफूभित्रका खुवीहरुलाई अभ्यास गर्दैगर्न पनि कार्यकारी निर्देशक श्रेष्ठको अनुरोध रहेको छ।

हिरो नेपाल स्वदेश तथा विदेशमा रहेका नेपाली तथा नेपालमा नै भएका विदेशीहरुको त्यो लुकेको प्रतिभालाई नै उजागर गर्ने उदेश्यले आयोजना हुन गैरहेको एकमात्र टेलिभिजन कार्यक्रमको हो। हिरो नेपालमा आएर जुनसुकै उमेर समूहका क्षमतावान प्रतिभाशाली व्यक्तिहरुले प्रतिभा प्रदर्शन गर्न पाइन्छ।

यस हिरो नेपालमा विभिन्न जातजातिले आफ्नो कला तथा संस्कृतिलाई पनि प्रस्तुत गरेर प्रवद्र्धन गर्न सकिन्छ। आउने नयाँ पिढीलाई सिक्ने माध्यमको रुपमा पनि हिरो नेपाल हुनेछ। यो राष्ट्रको गौरब तथा शानको रुपमा प्रस्तुत हुने भएको छ।

 त्यो प्रतिभा प्रदर्शनलाई टेलिभिजन तथा युट्युबको माध्यमवाट विश्वमा उजागार गर्ने प्रमुख उदेश्य रहेको जानकारी आयोजक एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रालि सातदोवाटो, ललितपुर, नेपालकी कार्यकारी निर्देशक श्रेष्ठले भिजन संसार डटकमलाई दिएकी छन्।

हिरो नेपालमा एकल, जोडी तथा समूह आएर भाग लिन पाउने प्रावधान राखेको छ। ती प्रतिभावनहरुको प्रतिभाको नेपालका ख्यातिप्राप्त १२ जना निर्णायकहरुले जजिङ गरिनेछ। त्यसको अलावा भोटिङ पनि हुने छ। त्यसरी जजिङ र भोटिङवाट प्रथम हुनेलाई नगद १० लाख, व्दितीयलाई ८ लाख र तेश्रो हुनेलाई नगद ६ लाख पुरस्कार प्रदान गरिनेछ। टप टेनमा पर्नेहरुलाई आकर्षक बिग गिफ्ट ह्याम्पायर प्रदान गरिने छ।

 

अडिसनमा भाग लिन आयोजकको आधिकारिक वेबसाइट www.heronepal.com लगअन गरेर अप्लाई गर्न सकिन्छ। रजिष्ट्रेसनको लागि हिरोनेपालको आप डाउनलोड गरेर गर्न मिल्ने गरेर बनाइएको छ

प्रकाशन मिति–२०७७ साल बैशाख १ गते सोमवार ।