काठमाडौं। कोरोनाको कहरमा चलचित्र विकास वोर्डको अध्यक्ष बन्ने होडमा दशजना चलचित्रकर्मीहरु रहेका छन्। ती चलचित्रकर्मीहरुको अन्तरवार्ता यही जेठ ६ गतेवाट लगातार तीन दिन हुने भएको छ।

अध्यक्षको होडमा रहेका चलचित्रकर्मीहरुको अन्तरवार्ता भिडियो कन्फरेन्सको माध्यमवाट हुने भएको जानकारी दश प्रतिस्पर्धी मध्येका एक होनहार प्रतिस्पर्धी युगिन चलचित्रकर्मी परशुराम चौधरीले भिजन संसार डटकमलाई बताएका छन्। चलचित्रकर्मी चौधरी आफू चलचित्र विकास वोर्डको लागि एकमात्र उपयुक्त उम्मेदवार भएको जिकिर गर्छन।

तीन दशक लामो नेपाली चलचित्र उद्योगमा निरन्तर योगदान दिदैआएका चौधरी दर्जनौ अवार्डवाट अवार्डेट थारुभाषाका चलचित्र करम लगायत दर्जनौ चलचित्रका सुपरस्टार हिरो नै हुन। सुनसरीको झुम्कामा जन्मेका र झुम्कावाटै थारुभाषाको चलचित्र करमवाट फिल्मी करियर बनाएर थारुभाषाका दर्जनौ दर्जन चलचित्र निर्माण गर्नुको अलावा निर्देशन तथा अभिनय गरेर थारुभाषालाई योगदान दिदैआएका चलचित्रकर्मी चौधरीले सयौं नेपाली चलचित्रहरुमा टेक्निकल इञ्जिनियर बनेर कार्य गर्दैआएका छन्।

त्यस्तैगरेर, जनताको चलचित्र बलिदान लगायतका दर्जनौ नेपाली चलचित्रमा अभिनय गरेर बेग्लै इतिहास कायम गरिसकेका छन्। हाल सुनसरीको झुम्कामा नै म्याजिक सिनेमा नामक फिल्म हलका संचालक समेत रहेका चलचित्रकर्मी चौधरीले नेपाली चलचित्रकर्मीहरुको हक, हित र कल्याणको लागि जीवन समर्पित गर्दैआएको र अव चलचित्र विकास वोर्ड मार्फत थप सेवा दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

सानैदेखि प्रगतिशील फाँटमा रहेर कम्युनिष्ट राजनीति गर्दैआएका चलचित्रकर्मी चौधरी तीन दशक लामो संघर्ष पश्चात बल्ल आफ्नो पालो आएको दावी गर्छन्। चलचित्र विकास वोर्डको अध्यक्षमा आफू नियुक्त भएमा नेपाली चलचित्र उद्योगका लागि धेरै योगदान गर्ने आफूसंग दरिलो भिजन र मिसन नै रहेको बताउंछन्।

चलचित्रकर्मी चौधरीका अलावा चलचित्र विकास वोर्डको अध्यक्षका आकाँक्षीहरुमा नायक भुवन केसी देखि दयाराम दाहाल, दीपक श्रेष्ठ, राजेश थापासम्मका निर्देशकहरु रहेका छन्।


प्रकाशन मिति–२०७७ साल जेठ ४ गते आइतवार ।