INAS UK New 1

काठमाडौ। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युकेको नयाँ कार्यसमिति गठन भएको छ। बेलायतको दक्षिण पूर्वी लण्डनको प्लमस्टेड स्थित गोर्खा क्लबमा आयोजित समारोहमा रजनी सुनुवारको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल सचिव तथा अन्तरराष्ट्रिय नेपाली कलाकार समाज युकेका संरक्षक मनिष कुमार श्रेष्ठले भिजन संसारलाई जानकारी दिएका छन्।

INAS UK New 2

अन्तरराष्ट्रिय नेपाली कलाकार समाज युकेका अध्यक्ष सनम कुमार बैरागको दुई बर्षे सफल कार्यकाल संपन्न गरेकोमा बैरागलाई धन्यवाद ज्ञापन गरेको जानकारी पनि श्रेष्ठले दिएका छन्। बैराग समाजको विधान अनुसार सहसंरक्षकमा पदोन्नति भएका छन्।

Past Chairman of INAS UK-Mr. Sanam Kumar Bairag
Past Chairman of INAS UK-Mr. Sanam Kumar Bairag

ग्लोबल सचिव तथा संरक्षक मनिष कुमार श्रेष्ठ, पूर्व कार्यसमिति सदस्य विनोद चिपालु, पर्यवेक्षक राम अधिकारी, दीपक थापा, विनोद ज्ञवाली, कुशल श्रेष्ठ, कृष्ण सुवेदी, मोनिका थापा लगायतको भेलाले रजनी सुनुवारको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो।

INAS UK New 3

जसमा सुशील प्रजापति र प्रमोद न्यौपाने उपाध्यक्षमा चयन भएका छन्। महासचिव संजयभक्त कँडेल, कोषाध्यक्ष विकेश बस्नेत, सह–कोषाध्यक्ष इन्दु कार्की र र सदस्यमा भिजन संसार डटकमका सीइओ अभिमन्यु बैराग सर्वसम्मत बनेका छन्। आवश्यकता अनुसार कार्य समिति विस्तार हुंदै जाने भनिएको छ। कार्य समितिको कार्यकाल दुई बर्षको हुने गरेको छ।
प्रकाशन मिति–२०७३ साल माघ ३ गते सोमवार ।