chhabi-ojha-with-shilpa-pokhrelकाठमाडौ। नेपाली चलचित्र उद्योगका टाइकोन निर्माता छविराज ओझाको सहयोगमा ओझावाट नै ब्रेक पाएकी अभिनेत्री शिल्पा पोखरेल पनि निर्माता बनेकी छन्।

Mangalam

शिल्पा निर्माता बनेको चलचित्र मंगलमको शुभसाइत सोमवार काठमाडौको मैतिदेवी तथा कमलादी गणेश मन्दिरमा एक पछि अर्को गरेर पूजाआजा गरेर चलचित्र मंलगमको मंलगम अर्थात शुभसाइत गरिएको छ।

Dasing Nepalese Actress Shilpa Pokhrel sweet & hot.
Dasing Nepalese Actress Shilpa Pokhrel sweet & hot.

छविराज ओझा प्रोडक्सनको व्यानरमा निर्माण हुन गैरहेको चलचित्र मंलगममा शिल्पा निर्माताको अलावा प्रमुख भूमिकामा रहने भएकी छन्। यही माघ ७ गतेवाट चलचित्र मंगलमको छायाँकन हुने भएको छ। निर्देशन नवल नेपालले गर्ने भएको छ। शिल्पाको अलावा मंगलममा पुष्पल खड्का, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय रहने भएको छ।
प्रकाशन मिति–२०७३ साल माघ ३ गते सोमवार ।