Mr.Arjun Shrestha-Vetran Actor & Producer of Nepal.

काठमाडौ। नेपाली चलचित्र उद्योगलाई उद्योगको रुपमा विस्तार गर्ने चलचित्रअभिनेता तथा निर्माता अर्जुन श्रेष्ठ चलचित्र निर्माता मात्र नभइकन चलचित्र प्रदर्शक तथा वितरक पनि हुन्।

नेपाली चलचित्रको अहोरात्र विकास तथा योगदानमा हरदम सोच तथा नयाँ शैलीको विस्तार हुनुपर्ने धारणा राख्दै चुपचाप चलचित्र निर्माण गर्ने कार्य गर्दैआएका चलचित्र निर्माता अर्जुन श्रेष्ठको पछिल्लो चलचित्रको नाम नै ऐश्वर्य रहेको छ।

कथा,क्यारेक्टर तथा क्याप्चरमा अत्यन्त रिच रहेको यस चलचित्र निक्कै राम्रो चलचित्र पनि हो। करिब १ करोड ६० लाख निर्माण लागत परेको यस चलचित्रको प्रमुख क्यारेक्टरमा हिरो रमेश उप्रेती तथा भिलेन प्रशान्त ताम्राकार वीच प्रयोग हुने हिरोइन दीपिका प्रसाई भएतापनि उनीहरुको स्टोरीलाई ट्वीस्ट गर्ने रोलमा अर्की हिरोइन केकी अधिकारी रहेकी छन्। सोही हिरोइन केकी अधिकारीको बिजनेसमेन बाउको भूमिकामा अभिनेता अर्जुन श्रेष्ठ जमेका छन्।

Arjun Shrestha with Keki Adhikari

एक छोरीको लागि बाउ कति धेरै कमजोर बन्नु पर्दछ भन्ने स्वभाविक अनि गहन भूमिकामा बेजोड अभिनय गर्ने कार्य अर्जुनवाट भएको छ। अभिनेता अर्जुन श्रेष्ठको निर्माण रहेको दुई दशकअगाडिको अत्यन्त ग्ल्यामर चलचित्र सम्पति पछि दर्शकले रुचाइएको चलचित्रमा ऐश्वर्य नै हो। ऐश्वर्यको निर्देशन दिवाकर भट्टराईले गरेका छन्। निर्माणमा रमेश उप्रेती र निर्मल शर्माको पनि लगानी रहेको छ।

प्रकाशन मिति–२०७४ साल कात्तिक १५ गते बुधवार ।