काठमाडौं। एक पछि अर्को गीत लेखेर तथा गीतको भिडियो निर्देशन गरेर चर्चाको शिखरमा रहेका अग्रज गीतकार तथा निर्देशक पवन जोशीको ६४ औं गीतको पनि रेकर्ड कार्य भएको छ। गीतकार तथा निर्देशक जोशीको चुरा पोते लिएर आऊ है बोलको ६४ औं गीतको रेकर्ड भएको हो।

कृष्णा जोशीको गायन तथा अनिल तुलाधरको संगीत तथा संगीत संयोजनमा काठमाडौंको अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा गीतको रेकर्ड भएको हो। प्रेमको नाटक गरेर धोका दिने प्रेमीलाई प्रेमको बन्धनमा बाँध्नका लागि नै चुरा पोते लिएर आऊ है बोलको प्रतिकात्मक शव्द चयन गीतकार जोशीको रहेको छ।

यस गीतको भिडियो पनि चाँडै तयार हुने जानकारी अग्रज अभिनेता समेत रहेका गीतकार तथा निर्देशक जोशीले वताएका छन्।
प्रकाशन मिति–२०७७ साल मंसीर १५ गते सोमवार ।