काठमाडौ। गायक तथा नायक सीताराम पोखरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सोमवार काठमाडौको मध्यवानेश्वरमा आयोजित कार्यक्रममा गायक पोखरेलको स्वार्थ वोलको गीतको भिडियो सार्वजनिक भएको हो।

सार्वजनिक भएको यो गीतको भिडियो गायक पोखरेलको सत्रौ हो। नेपाली चलचित्रका अग्रज सम्मानित व्यक्तित्व चलचित्र लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्माको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।

जनकदीप पराजुलीको निर्देशनमा निर्माण भएको सार्वजनिक भएको गायक पोखरेलको गीतको भिडियो कुनै सर्टमुभी भन्दा कम नभएको त्यहाँ उपस्थित प्रायले भनेका छन्। गीतको बोल अनुसारको कथावस्तु प्रस्तुत गरिएको छ।

कथा आर्मी अफिसरको फ्लाँस ब्यांक रहेको छ। युद्धको मैदानमा शत्रुसंग ज्यानको बाजी लगाएर लडाई लड्ने आर्मी अफिसरको घरमा अरुले नै रजाई गरेको कथा बुनिएको छ।

आर्मी अफिसरको मेजर भूमिकामा गायक पोखरेलले बेजोड अभिनय गरेका छन्। गायक पोखरेलको नायिकाको भूमिकामा अनु शाह रहेकी छन्। साथमा सुवास पराजुली, अर्जुन गौतम, प्रांस तिवारी लगायतको अभिनय रहेको छ। रमेश अधिकारीको गीत तथा कर्णराज कार्कीको संगीत रहेको छ।

प्रस्तुत छ–यही गीतको बेजोड भिडियो

प्रकाशन मिति–२०७५ साल बैशाख १० गते सोमवार ।