काठमाडौ। यो लत यानी अमल पनि गजबकै हुने गर्दछ। भन्नैपर्दा हरेक मानिसमा कुनै न कुनै अमल यानी लत हुने गर्दछ। त्यो लतले कतिलाई राम्रो गर्दछ त धेरैलाई नराम्रो नै बनाउने गर्दछ। यस्तै लतको कुरा गर्दा बेलायतमा एक जना एयरहोस्टेजलाई पोर्न फिल्म यानी ब्लु–फिल्म हेर्न ज्यादै नै लत बस्यो।

त्यो लतको नशा यति धेरै चढ्यो कि उनले हुँदाखाँदाको जागिर नै छाडेकी छन्। पोर्न अभिनेत्री बन्नका लागि उनले एयरहोस्टेजको जागिर छाडिन् । आफूलाई पछिल्लो दुई वर्ष एयरहोस्टेज बनेर जहाजमा उड्दा निकै दिक्क लागेकाले पोर्न उद्योगमा प्रवेश गरेको उनको भनाइ छ।

पोर्न फिल्मको लतले एअरहोस्टेजको अत्यन्त राम्रो जागिर छाड्ने यिनै सुन्दरीको नाम लारा बर्बेक हो। बर्बेकलाई पोर्न फिल्म हेर्ने लत बस्यो। त्यही लतले उनी चर्चित पोर्नस्टार बन्ने सोच राखेअनुरुप नै भयो। जागिर छाडेर गत फेब्रुअरी महिनामा स्टुडियो ६६ टिभी नामको एक च्यानलसँग जोडिइन् ।

जहाँ उनले लारा लेनको नामबाट निर्वस्त्र भएर प्रस्तुती अर्थात् स्ट्रिप शो दिन थालेकी छन् । उनी उक्त स्टुडियोका अलावा अन्य विभिन्न वेबसाइटहरुमा पनि स्ट्रिप शो गर्दछिन् । निर्वस्त्र शो गर्ने वेबक्याम मोडल बनेपछि आफू तनावमुक्त भएको र आवश्यकता पूर्ति गर्नसक्ने गरी पैसा पनि कमाएको उनी बताउँछिन् । आफ्नो कामका लागि साथीसंगी तथा घरपरिवारले पनि सहयोग तथा प्रशंसा गरेको उनको दाबी छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल बैशाख ९ गते आइतवार ।