काठमाडौ। अजर–अमर गीतका अमर गायक प्रेमध्वज प्रधानको रथारोहण सहितको भव्य सम्मान भएको छ। संगीतकार संघ नेपालले मेची–महाकाली सांगीतिक अभियान अन्तर्गत प्रेमध्वज प्रधानलाई नगद १ लाख सहित शुक्रबार सम्मान गरेको हो।

सम्मान नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदान गरेका हुन्। गायक प्रधानको काठमाडौ बागबजार स्थित निवासवाट पत्नी किरणकुमारी सहित रथारोहण गरेर नेपालका एक से एक सांगीतिक स्रष्टाहरुले सम्मानपूर्वक भद्रकाली स्थित आर्मी अफिसर्स क्लब पुर्याइएको थियो।

त्यहाँ गायक प्रधानको भव्य सम्मान गरिएको हो। जीवनको उत्तराद्र्धमा यति धेरै ठूलो सम्मान पाउंदा गायक प्रधानले गीत गायनमा लागेर ठूलै काम गरेको अनुभव भएको बताएका छन्।

प्रकाशन मिति–२०७५ साल बैशाख ९ गते आइतवार ।