काठमाडौं। आफ्नै विवाह समारोहमा गायिका जीनु जोशीले एल्वम विमोचन गराएकी छन्। गायिका जोशीले विवाह समारोहमा ‘आभास’ नामक गीति–एल्वमको विमोचन गराएकी हुन् । गायिका जोशी आभास जोसीसँग विवाह बन्धनमा बाधिएकै दिन श्रीमानकै नामवाट गीति–एल्बम ‘आभास’ विमोचन भएको हो।

‘आभास’लाई राजु सिंह, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सागर अधिकारी, आभाष जोशी, धनबहादुर गोपाली, गायिका जीनु र आभासलगायतका संगीतकर्मीहरुले संयुक्त रुपमा विमोचन गरेका थिए।

एल्बममा ‘मस्ती’, ‘छायाँ तिमीलाई’, ‘तिमीलाई पाउँने आशमा’, ‘भनेको थिए तिमीलाई’, ‘भिजेको नजरले नहेर’, ‘कोही यहाँ बाटै’, ‘एकान्तमा हास्थे’ र ‘रमाउने छौ जीवनमा’ जस्ता गरी आठ गीत समावेश गरिएको छ। जीनुको एकल स्वर रहेको एल्बमका गीतमा आभास जोशीको शब्द र सङ्गीत संयोजन रहेको छ।


प्रकाशन मिति–२०७५ साल पुष १० गते मंगलवार ।