काठमाडौं। २१ औं शताव्दीमा पनि जातिय विभेदको चरमताको विषयमा आधारित सटमूबी तयार भएको छ। नेपालभाषामा तयार भएको उक्त सटमूबीको नाम मतिना राखिएको छ।

मतिनाको अर्थ प्रेम रहेको छ। प्रेमले नै जातिय विभेदलाई हटाउन सकिन्छ भन्ने सामाजिक सन्देश रहेको यस चलचित्रको पटकथा–संवाद तथा निर्देशन ख्यातिप्राप्त अभिनेता पवन जोशीले गरेका हुन्।

कथा श्रीकृष्ण ज्यापुको रहेको छ। सम्पादन तथा छायाँकन र मिक्सिङ राजेश शाक्यको रहेको छ। धुँ देय् फिल्म प्रोड्क्सनले निर्माण गरेको यस सटमूबीमा रामकृष्ण धिना, राजी किपू, अनु महर्जन, लक्ष्मीकुमार महर्जन, मिनाकुमारी महर्जन, चन्दा श्रेष्ठ र नेपालको प्रथम स्टुडियो महिला फोटोग्राफर रञ्जना जोशीको समेत अभिनय रहेको छ।


प्रकाशन मिति–२०७६ साल साउन २१ गते मंगलवार ।