काठमाडौं। कुनैबेला अत्यन्त लोकप्रिय रहेका हांस्य टेलिसिरियल झ्याइंकुटी झ्याइंकी लभ्लीको रुपमा व्यापक चर्चा पाएकी अभिनेत्री संगम राई यो बर्षवाट २७ बर्ष पुगेकी छन्। अविवाहिता अभिनेत्री राईले यो बर्ष आफ्नो जन्मदिनलाई यादगार बनाउने कार्य गरेकी छन्। त्यो कार्य सिर्जनशील पत्रकारहरुलाई सम्मान गरेर यादगार कार्य गरेकी हुन्।

एक दर्जनभन्दा बढी सिर्जनशील पत्रकारहरुलाई संगम राई सिर्जनशील पत्रकारिता सम्मान–२०७६ वाट सम्मान गर्ने कार्य अभिनेत्री राई आफैले गरेकी छन्। चम्सुरी उपनामले चर्चित हांस्य अभिनेत्री पल्पसा डंगोलको संयोजकत्वमा भएको जन्म दिन कार्यक्रममा डब्बु क्षेत्री, श्याम स्मृत, विदुर गिरी, कृष्ण भट्टराई, नारायण राई, प्रेम पौडेल लगायतका मूलधारका पत्रकारहरुको अलावा धेरैजसो युट्युबर पत्रकारहरुलाई सम्मान प्रदान गरिएको थियो।

डेढ दशकदेखि नेपाली हांस्य अभिनयको अलावा नेपाली चलचित्र तथा भोजपुरी चलचित्रहरुमा समेत त्यतिकै सक्रिय अभिनेत्री राईको विजनेस हाल दुबईमा रहेको छ। दुबईको ट्राभल एजेन्सीको विजनेसलाई नेपालमा पनि यो बर्षवाट विस्तार गर्ने तयारी रहेको जन्म दिनको अवसरमा उनले खुलासा गरेकी छन्। त्यसको अलावा टेलिफिल्म गुलेलीको पनि शुभारम्भ गरिएको घोषणा गरेकी छन्।

लभ्ली नै संगम राई
झ्याइँकुटी–झ्याइँबाटै चर्चामा आएकी लब्लीको बास्तविक नाम संगम राई हो । लभ्लीको टोन दार्जिलिङ्गे छ । उनको त्यो टोनले नै लब्लीको परिचय बनेको छ। उनलाई बाटोघाटोमा देखिएमा बच्चादेखि बूढासम्मले ओ–ब्रो -याक्क गर्ने हैन है भन्ने थेगो बोलेर उनलाई उल्टै जिस्काउनेहरुको कुनै कमी देखिदैन । यसलाई उनले आफ्नो सफलताको रुपमा लिएकी छन् ।
दमन रुपाखेतीलाई गडफादर मान्ने लभ्लीको फिल्मी यात्रा थाकथलो उदयपुरवाट भएको हो । त्यहाँ हुने गरेका विभिन्न सांगीतिक कार्यक्रममा डान्स गरेर अगाडि वढ्ेको उनको अभिनय यात्रा त्यहीवाट निर्माण भएको एक फिल्ममा हिरोइन वनेपछि चम्किएका हो । त्यसको लगतै उनको यात्रा भोजपुरी फिल्ममा समेत अगाडि बढ्यो । आधा दर्जन भोजपुरी फिल्ममा नायिका भैसक्दा पनि नेपाली फिल्म उद्योगमा जम्न नसक्नुको उनमा बेग्लै पीडा थियो ।

जुन पीडामा मल्हम लगाउने कार्य दमन रुपाखेतीको हाँस्य–सिरियल झ्याइँकुटी–झ्याइँवाट भयो। बेग्लै आइडेन्टी दियो । दार्जिलिङ्गे टोनले रातारात उनलाई हिट वनाउन पनि मदत ग¥यो । त्यसमाथि, स्टेजका प्रोग्राममा पनि त्यतिकै जमेकी लभ्ली बोल्ड क्यारेक्टर हो । जसले जिन्दगीमा धेरै दुःख गरेकी छन् । दुःखलाई एक कुनामा थाँती राखेर बोल्ड वनाउन उनलाई समयले सिकाएको छ।

हुन त नेपाली समाजमा छोरी भएर जन्मनु अझैपनि कतिपय स्थानमा दर्दनाक छ । त्यो दर्दको पीडा उनमा पनि छ । पहिलो सन्तान नै छोरी भएपछि आमालाई बाबाले हेला गरेको त्यो पीडा उनमा नभएको होइन् । त्यसलाई उनी यतिखेर भुल्न चाहन्छिन् । त्यही छोरी आज नेपालको स्टार वनेर नाम कमाउन सफल भएकोमा हेला गर्ने उनै बाबा हाल उनलाई छोरी भनेर माया गर्न थालेकोमा उनी छक्क परेकी छन् ।

हिजोको समय आज नहोला । भोलि आज जस्तो अझ नहोला । समयले कसलाई कहाँ पु-याउछ ? त्यो कसैलाई पनि थाहा हुदैन । हिजोका दिनमा छिछी र दूरदूर गरेको वस्तु पनि आजको दिनमा काम लाग्ने हुने गर्दछ । त्यसैले पनि पहिलो सन्तान छोरी भयो भनेर हेला गर्नेहरुलाई उनी यति मात्र भन्न चाहन्छिन्–“छोराछोरीको नाममा कहिले पनि विभेद नगरौ । ”

लिङ्गको आधारमा मात्र नभइकन जातिय आधारमा पनि बढी विभेद हुने गरेको छ । त्यसप्रकारको विभेदले समाज अवश्य पनि राम्रो हुदैन । विभेदकारीहरुलाई खवरदारी गर्न पनि कलाकार वनेको धावा वोल्ने लभ्ली संगम कलाकारिता यस कुरावाट अछुतो हुन नसकेकोमा दुःखी छिन् । कला क्षेत्रमा विभेदकारी नीतिको पटक–पटक शिकार बन्नु पर्दा त्यसको विरोध गर्ने कार्य उनीवाट भएको छ । त्यस विरोधलाई कला क्षेत्रका ठेकेदारहरुले त्यति निको मान्दैनन् ।

राजनीतिको रंग
नेपाली चलचित्रका एक से एक कलाकार राजनीतिमा छिरेको बेला लभ्ली संगम राईलाई राजनीतिको रंग लगाउन अनेक प्रयत्न नभएको होइन्। नेपालका एक से एक राजनीतिक पार्टीहरुले कार्यकर्ता बनाउन खोजेका थिए। तर, राजनीति भन्दा पर बस्नुको मज्जा नै संगमले मानिन्। यसले गर्दा कुनैपनि राजनीतिक पार्टीको झण्डा बोक्नु परेन। राजनीतिवाट टाढा भएर बस्नुको मज्जा लिएर बसेकी उनी विदेशको कार्यक्रममा नै बढी व्यस्त बन्न पुगिन्। देशमा भन्दा विदेशमा धेरै समय उनको वित्ने भएको कारण अलि पछि परेको हो कि भन्ने आभाँस उनमा हुने गरेको छ।

प्रेम र विवाह
प्रेम र विवाहको संवन्धमा संगमको स्पष्ट धारणा रहेको छ। प्रेम विनाको जीवनको अर्थ छैन्। जन्मेदेखि सवैजना प्रेममा हुने गरेका छन्। जन्मिनासाथ आमाको माया, बुवाको प्यार अनि दाजुभाइ तथा दिदीबहिनीको माया–स्नेह, अनि साथीभाइवीचको दोस्ती पनि त प्यार नै हो। बयस्क भएपछि एक आपस वीचको आकर्षण पनि प्यार हो। प्यार भनेको प्रेमी र प्रेमिका वीचको मात्र प्यार होइन। समय तथा परिस्थिति अनुरुप प्यारको अनेक परिभाषा रहेको छ। प्यारको परिभाषा मात्र पनि विश्वमा पांच हजारभन्दा बढी रहेको छ। यसअर्थमा म अनेक प्यारमा रहेको छु भनेर बताउने संगम राई आफूलाई कतिले प्यार ग¥यो भन्ने थाहा नभएको र स्पेशल प्यार पनि भन्नै गाह्रो भएको उनले भनेकी छन्। विवाह पनि माथिवाटै लेखेर ल्याउने भएकोले समयले ढिलो–चाँडो भैहाल्छ भन्ने उनको भनाई रहेको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल साउन २३ गते विहीवार।