काठमाडौं। भगवान बुद्धको महान वाणी तथा बुद्ध विचारले जीवन्त बनाउने धेरैको प्रयत्न रहेको छ। त्यो प्रयत्नमा धेरैजना लागिपरिरहेको पाइन्छ।

अनिन्द्रा तथा अनित्यका कारण मानिसमा दिनानुदिन पीडा माथि पीडा थप भैरहेको बर्तमान अवस्थालाई उजागर गर्ने कार्य पाँच मिनेटको म्युजिक भिडियोमा ख्यातिप्राप्त अग्रज अभिनेता पवन जोशीको निर्देशनमा बनेको धार्मिक गीतको म्युजिक भिडियोमा देखिन्छ।

निर्देशक पवन जोशीको निर्देशनमो नेपालभाषामा बुद्धत्वमा दत्तचित्त राख्न अभिप्रेरणा दिने गीतको भिडियो निर्माण भएको छ। जसमा गायक जुजुकाजी रञ्जितको गायन रहेको छ। डा.चन्द्रमान बज्राचार्यको शव्द–रचना तथा ज्ञानेश्वर निभाःको संगीत रहेको यस गीतको छायाँकन तथा सम्पादन राजेश शाक्यले गरेका छन्। निर्माण धुदेँय प्रोडक्सनले गरेको हो।

चाँडै नै भगवान बुद्धमा समर्पित नेपालभाषामा निर्माण भएको यो भिडियो युट्युब च्यानलमार्फत विश्वव्यापी रिलिज हुने जानकारी निर्देशक पवन जोशीले भिजन संसार डटकमलाई दिएका छन्।
प्रकाशन मिति–२०७६ साल साउन २३ गते विहीवार ।