काठमाडौं। नमोः बुद्धाय नमोः धर्माया बोलको भगवान बुद्धप्रति समर्पित भगवान बुद्धको गीतको भिडियो निर्माण भएको छ। नेपालका ख्यातिप्राप्त अभिनेता पवन जोशीको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो।

लक्ष्मी महर्जनको गीत तथा गायन रहेको यस गीतको संगीतकार अनिल तुलाधर हुन्। राजेश शाक्यको छायाँकन तथा सम्पादन भएको यस गीतको भिडियो केही दिनमा नै रिलिज हुने भएको छ।

गीतको भिडियोमा गायिका लक्ष्मी महर्जनको लिड रोल रहेको छ। भगवान बुद्धको पावनस्थल स्वयम्भूनाथ लगायतका रमणिय बुद्ध महाविहारहरुमा यस गीतको भिडियोको छायाँकन भएको छ।


प्रकाशन मिति–२०७६ साल साउन २५ गते शनिवार ।