काठमाडौं। नेपालकी ख्यातिप्राप्त गायिका सविना कार्कीव्दारा चाइनिज स्कीन केअरको उदघाटन भएको छ। काठमाडौंको महाराजगञ्ज पानीपोखरी स्थित सन्ध्याज चाइनिज स्कीन केअर सेन्टरको उदघाटन गायिका कार्कीवाट भएको हो।

सन्ध्याज चाइनिज स्कीन केअर पानीपोखरी जापनी एम्बेसी नजिक  भएको जानकारी सन्ध्याज चाइनिज स्कीन केअर सेन्टरकी ओनर सन्ध्या पोखरेलले दिएकी छन्। गायिका कार्कीले रिबन काटेर उदघाटन गरिएको स्कीन केअर सेन्टरमा ओपनिङ केक काटेर शुभसाइत पनि गरेकी थिइन्।

रुनु पर्छ भन्ने डरले हांस्न छोड्नु हुन्न, मर्नु पर्छ भन्ने डरले बाँच्न छाड्नु हुन्न जस्ता सुपरहिट गीतकी गायिका कार्की सामाजिक अभियन्ता पनि हुन्। गीत गायनको अलावा सामाजिक सेवामा पनि त्यतिकै तल्लिन रहेकी छन्।


प्रकाशन मिति–२०७६ साल साउन २१ गते मंगलवार ।