काठमाडौं। बेग्लै सोच र बेग्लै धारको मनमोहक नेपाली कथानक चलचित्र छिरिङ अव अमेरिकामा प्रदर्शन हुने भएको छ। अमेरिकाको भर्जिनियामा रहेका नेपाली सामाजिक अभियन्ता रोशन पुरीको संयोजकत्व तथा श्याम लामाको व्यवस्थापनमा चलचित्र छिरिङको प्रदर्शन हुन लागेको हो।

यही अगष्ट महिनाको २५ तारिखका दिन पहिलो शो भर्जिनियामा हुने भएको छ। जसको तयारीमा आफूहरु अहोरात्र लागिरहेको जानकारी अमेरिकावाट रोशन पुरीले भिजन संसार डटकमलाई दिएका छन्।

सुनिलभक्त माथेमाको निर्माण प्रस्तुतिमा रहेको चलचित्र छिरिङ हिमालपारिको जिल्ला मुस्ताङको कथाको सेरोफेरोमा निर्माण भएको गजबको चलचित्र हो। जसमा पचासको दशकका लोकप्रिय पप–स्टार निमा रुम्बाको विशेष अभिनय रहेको छ।
प्रकाशन मिति–२०७६ साल साउन २० गते सोमवार ।