काठमाडौ। भारतीय फिल्म नगरी बलिउडमा मात्र सिमित रहदा बलिउड नायिका प्रियंका चोपडाले आफूलाई कहिलेपनि स्वीमसुट अर्थात विकनी अवतारमा देखिन चाहिनन्।

हाल हलिउडमा छाएपछि एक पछि अर्को ग्ल्यामर सिनको नाममा विभिन्न यौनजन्य दृश्य दिन पनि प्रियंका चुकेकी छैनन्। त्यसमाथि सामुद्रिक किनाराहरुमा बिकनी अवतारमा आफूलाई देखाउन प्राय उनलाई हतार हुने गरेको छ।

यतिखेर उनले अमेरिकाको सामुद्रिक किनारमा खिचाएकी हट स्वीमसुट तस्बीरहरु चर्चाको शिखरमा रहेको छ। यसलाई स्वभाविक र आकर्षक भन्न रुचाउने प्रियंका यी तस्बीरहरुमा अत्यन्त हट तथा सेक्सी देखिएकी छन्। उनले अभिनय गरेको चलचित्र ‘वेवाच’मा पनि उनी निकै कामुक शैलीमा देखिएकी छन्।

नायिका चोपडाको यो हट पहिरनले अहिले सामाजिक संजालमा खुबै चर्चा पाइरहेको छ ।

प्रकाशन मिति–२०७४ साल चैत्र १० गते शनिवार ।