काठमाडौ। गीत–संगीतको माध्यमवाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार बन्न सफल गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको पहिचान नै बेग्लै बनेको छ। नेपालवाट हङकङ पुगेर लामो समयदेखि त्यही बसोबास गर्दैआएका नागेन्द्रले हङकङमा तहल्का नै मच्चाइसकेका छन्।

Nepalese Vetran Singer Nagendra Shrestha with Bollywood Vetran Actress Sabana Azami in Hongkong.

हङकङमा हुने स्वदेशी तथा विदेशी प्राय म्युजिकल प्रोग्रामहरुमा नागेन्द्रको अत्यन्त डिमाण्ड रहेको छ। कतिपय प्रोग्रामहरुमा नागेन्द्र भएन भने खल्लो–खल्लो महशुश हुने गरेको प्रतिक्रिया आउने गरेको पनि छ। त्यसको अलावा बलिउडवाट आउने कलाकारमाझ त नागेन्द्र झन लोकप्रिय रहेका छन्।

Nagendra Shrestha with Pankaz Udash

अझ हङकङमा नागेन्द्रलाई बलिउडका कलाकारहरु हार्मोनियम मास्टर भन्ने गर्छन्। ताल बाजामा हार्मोनियम बजाउन अत्यन्त खुवी राख्ने नागेन्द्रको हार्मोनियममा मज्जाले रम्ने हङकङबासी मात्र नभइकन विश्वभरवाट त्यहां आउने सवै माझमा नागेन्द्र निक्कै लोकप्रिय रहेका छन्।

केही समयअघि हङकङमा इण्डिया एशोसियसन र इण्डिया क्लबको आयोजनमा बलिउडका कलाकारहरुको सहभागितामा इन हार्मोनी नामक भव्य तथा सभ्य म्युजिकल कन्सर्ट भएको छ। जसमा नागेन्द्रको हार्मोनियम बजाउने बेग्लै कलालाई बलिउडवाट आएका कलाकारहरुले निक्कै तारिफ गरेका थिए।

त्यसरी तारिफ गर्ने बलिउडका कलाकारमा लता मंगेसकरका नाति बैजु मंगेसकर पनि थिए। साथमा स्मिता जैन, अनुराधा पाल,दुलिप चरिथ, सुनिल बर्मा, प्रताम रथ लगायतका बलिउडका कलाकार साथमा फ्युजन मिक्स ज्याज, ल्याटिन, सुफी तथा इण्डियन क्लासिकल म्युजिक प्रस्तुत भएको थियो।

Rachana Pradhan with her beloved Husband Vetran Nepalese Singer Nagendra Shrestha

 

ती सवै प्रस्तुतिमा नागेन्द्रको बेजोड हार्मोनियम प्रस्तुति रहेको थियो। जुन प्रस्तुतिले इन हार्मोनी म्युजिक कन्सर्टको उचाई थप्ने कार्य भएको थियो।  हङकङमा हुने प्राय नेपाली कार्यक्रमहरुमा बुनियाद नेपाली गीत गाएरै तहल्का मच्चाउने कार्य नागेन्द्रवाट हुंदैआएका छ।

नागेन्द्रका चाँदनीमा बग्छ खोला, टाढा धेरै टाढा, साँझ ढलिगयो, आवाजसंग आवाज जस्ता सयौं कालजयी गीत अत्यन्त लोकप्रिय छन्।
प्रकाशन मिति–२०७४ साल चैत्र ११ गते आइतवार ।