मुम्बई। कला र कलाकारितामा लामा समय कुनैपनि प्रकारको दुश्मनी हुंदैन्। दुश्मनी भएतापनि त्यो कम समयको लागि हुन्छ भन्ने कुरालाई बलिउडकी ख्यातिप्राप्त अभिनेत्री प्रियंका चोपडाले झूठो सावित गरिदिएकी छन्।

प्रियंका चोपडासंगको दुश्मनीकै कारण बलिउड महानायक अमिताभ बच्चन सुपुत्र अभिनेता अभिषेक बच्चनले एउटा ठूलो प्रोजेक्ट हातबाट गुमाएका छन्। शोनाली बोसले निर्देशन गर्न लागेको बायोपिक फिल्म अभिषेकले गुमाएका हुन्। अब उनको ठाउँमा फरहान अख्तरले मौका पाएका छन्।

भारतीय सञ्चारमाध्मयका अनुसार पुरानो विवादका कारण अभिनेत्री प्रियंका चोपडाले अभिषेकसँग काम गर्न अस्वीकार गरेपछि निर्देशकले नयाँ अभिनेताका रुपमा फरहानलाई ल्याएका हुन्। फरहान प्रियंकाकै चाहनामा फिल्ममा भित्रिएको बताइएको छ।

प्रियंकाले अभिषेकसँग काम गर्न नमान्दा फिल्मको सम्पूर्ण तयारी पूरा भएपनि सुटिङ सुरु हुन सकेको थिएन। फिल्ममा प्रियंका प्रमुख भूमिकामा देखिनेछिन्। यो फिल्म एक मोटिवेसनल स्पीकर युवतीको कथामा आधारित रहेको छ।
प्रकाशन मिति–२०७५ साल असार १२ गते मंगलवार ।