काठमाडौ। विगत डेढ दशकदेखि गीत गायनको क्षेत्रमा सक्रिय गायक समिर हमालको गायनको निरन्तरतामा कमी आएको छैन्। अझ धेरै गीत गाएर अगाडि बढ्ने क्रममा रहेको छ। केही दिनअघि मात्र गायक हमालको गायनमा रहेको नयाँ गीतको भिडियो तयार भएको छ।

चाँडै नै रिलिज हुन लागेको त्यस गीतको भिडियो थाइल्याण्डको राजधानी बैंककस्थित पटैयामा छायाँकन भएको हो। सन् २००४ देखि मेसेन्जर व्याण्डको लिड गितारिष्ट तथा भोकलिष्टको रुपमा कार्यरत रहेर म्युजिक करियर बनाएका हमाल नेपालको प्रथम हर्रर गीतका गायक पनि हुन्।

त्यसको अलावा थर्ड मन्त्र नामक मन्त्र एल्वम निकालेर तहल्का मच्चाउने कार्य पनि हमालवाट भएको छ। जुन हमालको करियरकै बेजोड एल्वम बन्न सफलता प्राप्त गरेको छ। गायनको अलावा विभिन्न कन्सर्ट तथा कन्टेष्टहरुमा जज पनि बन्दैआएका हमाल सामाजिक अभियानतिर पनि त्यतिकै सक्रिय रहेका छन्।

विपदमा परेका तथा असहाय–अनाथहरुलाई सक्दो सहयोग गर्ने कार्य हमालवाट भएको छ। यसैवीच यो हप्तामात्र हमालकै अगुवाईमा एचआईभी पीडित बालबालिकाहरुको लागि आवश्यक खेल सामाग्री हस्तान्तरण गरिएको छ। कीर्तिपुरको भत्क्यापाटी स्थित बेबी लाइभ होममा हस्तान्तरण गरिएको हो।

रिभेल इभेन्टस् र एभरेष्ट अवाकिङको संयुक्त आयोजनामा हस्तान्तरण कार्यक्रम भएको जानकारी रिभेल इभेन्टका उपाध्यक्ष समेत रहेका हमालले भिजन संसारले वताएका छन्।

हस्तान्तरण कार्यक्रममा रिभेल इभेन्टका अध्यक्ष राजेश हमालका साथमा बीग नाइटका अध्यक्ष कुवेर कार्की लगायत नेपाली चलचित्रकी ख्यातिप्राप्त नायिका रेजिना उप्रेती, क्रान्तिकारी नायिका विमला केसी, हाँस्यअभिनेता भोक लाग्यो देविराम पराजुली, निर्देशक श्याम राई, Jesse Paris Smith & Pamba Chhewang Sherpa, चर्चित मोडल तथा नायिका क्षितिजा शाक्य, रेसलर हिमालय टाइगर विसुराल, महिला रेसलर भगवती खड्का, नायिका पवित्रा आचार्य, अस्मिता जुरेली र अजय शमशेर राणाको सहभागिता रहेको थियो।

कलाकार तथा खेलाडीको संयुक्त टोलीले एचआईभी पीडित बाल–बालिकाहरुलाई खेल सामाग्री वितरण गरेर उनीहरुलाई हौसला प्रदान गर्न पाउंदा अत्यन्त गर्ब लागेको गायक हमालले भनेका छन्।

प्रकाशन मिति–२०७५ साल असार १२ गते मंगलवार ।