काठमाडौ। चलचित्र निर्देशक निश्चल बस्नेतसंगको लामो प्रेम पश्चात विवाह वन्धनमा बाँधिएकी कुटुमा कुटु वोलको बहुचर्चित गीतकी नायिका स्वस्तिमा खड्कालाई राष्ट्रिय भाउजु पनि भन्ने गरिएको छ।

निर्देशक बस्नेतसंग विवाह वन्धनमा बाँधिएपछि नै नायिका खड्कालाई राष्ट्रिय भाउजु भन्ने गरिएको हो। उनै सवैकी राष्ट्रिय भाउजु ट्याम्पो ड्राइभर बन्ने भएकी छन्। चलचित्र ‘बुलबुल’ राष्ट्रिय भाउजु स्वस्तिमा ट्याम्पो ड्राइभर बन्न लागेकी हुन्।

चलचित्र बुलबुलेको ट्याम्पो ड्राइभर बन्ने निश्चित बन्ने भएपछि उनले ट्याम्पो चलाउने कार्य पनि हालै सिकेकी छन्। गोप्य रुपमा ट्याम्पो चलाउने कार्य सिकिरहेकी स्वस्तिमालाई सिकिरहेको ठाउंमा देख्नेहरुले नै फोटो खिचेर ट्याम्पो चलाउंदै गरेको फोटो सार्वजनिक गरिदिएको भनाई स्वस्तिमाको रहेको छ।

ट्याम्पो चालकको बाहिरी भित्री दुवै यात्राको कथा रहने चलचित्रलाई बिनोद पौडलेले निर्देशन गर्दैछन्। अस्कर कलेजका प्रिन्सिपलसमेत रहेका पौडेलले यसअघि चलचित्र ‘साँघुरो’को कथा पटकथा लेखेका थिए।

साउनको पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा कथा तथा पटकथा बिनोद पौडेलकै रहेको छ । सुसन प्रजापतिको छायांकन रहने चलचित्रमा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहने भएको छ।

प्रकाशन मिति–२०७५ साल असार १२ गते मंगलवार ।